सहिदको फोटोमा माल्यार्पण गर्दै मन्त्रीद्वारा कृषि बजार उद्घाटन


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गरेकी छन् । आज (शुक्रबार) कलंकीस्थित उक्त कृषिबजारमा आयोजित औपचारिक कार्यक्रममा मन्त्री अर्यालले उक्त बजारको उद्घाटन गरेकी हुन् ।

सहिद दिवसको अवसरमा आयोजीत उक्त कार्यक्रममा मन्त्री अर्यालले जहानीय राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा ज्यानको आहुती दिने सहिदको तस्विरमा माल्यार्पण गरेकी थिइन् । सहिदको तस्विरमा माल्यार्पण गर्दै उनले तत्कालिन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने बीर सहिद तथा सम्पूर्ण सहिदहरुको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताएकी थिइन् ।

‘सहिदहरुले परिवर्तनका निम्ती आफ्नो जीवनको आहुती दिनुभएको छ। तात्किालिन समयमा जनताका आवाज बोल्ने जनताका अगुवालाई तत्कालिन शासकहरुले निर्ममतापूर्वक हत्या गरेको थियो छ’, मन्त्री अर्यालले भनिन्, ‘उहाँहरुको बलिदानीपछी मूलुकले क्रमशः धेरै राज्यसत्ता परिवर्तन गर्दै जनताको जीवनको सुधार, मुलुकको समृद्धिको दिशामा अगाडी बढिरहेको छैन ।’

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका निम्ति सरकार लागिरहेको बताउँदै उनले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उनले समृद्ध जीवन बनाउनका निम्ती अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने धारणा राखिन् । ‘यो जमाना श्रमलाई सम्मान गर्ने जमाना हो ।

श्रमसँग जोडिदै श्रमसँग जोडिएका उत्पादक किसानलाई सम्मान गर्ने जमाना हो । चौतारीमा बस्ने, टालटुल गर्ने, ठगठाग गर्ने जमाना गए’, मन्त्री अर्यालले भनिन्, ‘गरेर खाने प्रवृत्तिको विकास गर्नका निम्ती सबै युवाहरु लाग्न आवश्यक छ । तपाईहरुले सिधै उत्पादक किसानहरुसँग सम्बन्ध राख्नुस् ।’

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial