वायु प्रदूषण बढ्यो : विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा


काठमाडौँ–
विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै पुगेको छ | सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको हो।

काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।

वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०२ थियो ।

गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिने गरिन्छ ।

आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई) ३७२ पुगेको थियो।

अहिले सबैभन्दा बढी वायू प्रदूषण भएका विश्वका ५० शहरमध्ये काठमाडौँ सूचीको पहिलो नम्बरमा रहेको छ भने दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, , सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई छ।

पश्चिमी वायूको प्रभावले काठमाडौँ उपत्यका कुहिरोले ढाकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

काठमाडौँ उपत्यकामा तुवाँलोले ढाकिनुकासाथै वायु प्रदूषण पनि दोब्बरले बढेको छ । योक्रम बुधबारसम्म जारी रहने जल वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले जनाएको छ ।

विभागको आग्रह

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial