सिनेमा हल सञ्चालन गर्ने औपचारिक निर्णय


काठमाडौं । कोरोना संक्रमण जोखिमका कारण बन्द भएका सिनेमा हलहरु खोल्ने औपचारिक निर्णय भएको छ ।

सिनेमा हल सञ्चालकहरुले आन्दोलनस्वरुप हल सञ्चालन गरेको एक सातापछि कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय समिति (सीसीएमसी) ले हल खुला गर्ने निर्णय गरेको हो ।

समितिको आइतवार बसेको बैठकले आवश्यक परे फेरि बन्द गर्न सकिने अधिकारसहित हल खुला गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव महेन्द्रप्रसाद गुरागाइँले बैठकको निर्णय सुनाउँदै पुनः रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने बताएका हुन्।

त्यस्तै, हल खुलिसकेपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको अनुगमन गर्ने र पालना नभए कारवाही गर्ने निर्णय भएको पनि गुरागाइँले बताए।

सबै क्षेत्र खुलिसक्दा पनि आफूहरुलाई सरकारले हल खोल्न नदिएको भन्दै नेपाल चलचित्र संघको एकल निर्णयमा पुस १० गतेदेखि नै हल संञ्चालन गरेको थियो।

दर्शकको न्युन उपस्थितिका कारण हलमा फिल्म लगाउन ठूला ब्यानरका निर्माताहरु भने तयार हुन सकेका छैनन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial