कक्षा १२ को नतिजा सार्वजनिक


भक्तपुर
। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा २०७७ मंगसिरमा सकिएको थियो । शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर मंसिर २२ सम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसकेका थिए ।

बोर्डको प्रदेश र शाखा कार्यालयहरूमा ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाइएको थियो । केन्द्रमा अंक प्राप्त भएपछि कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंक जोडेर नतिजा सार्वजनिक गरिएको छ ।

बोर्डले बिगत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ ।

नतिजाअनुसार जीपीए ३.६१ देखि ४.० ल्याउनेहरु छ हजार ९१६ जना रहेका छन् । त्यस्तै जीपीए ३.२१ देखि ३.६० सम्म ३८ हजार ४८० जनाले, जीपीए २.८१ देखि ३.२० सम्म ७६ हजार ८४१ जनाले, जीपीए २.४१ देखि २.८० सम्म एक लाख ९३ हजार १२ जनाले नतिजा प्राप्त गरेका छन् ।

यसैगरी जीपीए २.०१ देखि २.४० सम्म ५२ हजार ४२७ जनाले, जीपीए १.६१ देखि २.०० सम्म सात हजार १६४ जनाले, जीपीए १.२१ देखि १.६० सम्म ३३३ जनाले, जीपीए ०.८१ देखि १.२० सम्म चार जनाले र जीपीए शून्यदेखि ०.८० सम्म १८ हजार ८३९ जनाले नतिजा प्राप्त गरेका छन् ।

कुल परीक्षार्थी चार लाख ३३ हजार २७१ थिए । परीक्षा गत मङ्सिर १६ गते सकिएको थियो । बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क गणना गरिनेछ । देशभरि चार हजार १०५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial