( NCSS ) को पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार काठमाडौमा सम्पन्न


काठमाडौँ
- नेपाली क्रिकेटको समर्थकहरुलाई एकत्रित गर्दै क्रिकेट खेलको बिकास र बिस्तारमा समर्थकको तर्फबाट योगदान पुर्याउने उदेश्यले स्थापित नेपाली क्रिकेट समर्थक समाज ( NCSS ) को पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । आगामी दुई बर्षको लागि सस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नया कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । साथै समर्थक समाजले सातै प्रदेशमा सम्वन्वय समिती गठन गर्ने प्रस्ताब पारित समेत गरेको छ ।

आगामी २ बर्षका लागि चुनिएको कार्यसमितिमा अध्यक्ष मा नारायण पराजुली सङै उपाध्यक्षमा रेजिना बस्नेत सचिबमा शुभ दुलाल सहसचिबमा मोहन ज्ञाबली कोषाध्यक्षमा अच्युत पान्डे , त्यसैगरी सदस्यहरुमा तारा पाठक , केदार शर्मा , मनिस कार्की नियुक्त भएका हुन । त्यस्तै प्रदेश सम्योजकको रुपमा साधारणसभाले प्रदेश न १ मा ईश्वर रेग्मी , प्रदेश न ३ मा विशाल पौडेल र प्रदेश, प्रदेश न ५ मा सागर पङेनी चयन समेत गरेको छ । बाकी प्रदेशमा कार्यसमितिले सम्योजक तोक्ने छ । सस्थाका सस्थापक सदस्य , आजिब सदस्य , विभिन्न जिल्ला सम्वन्वय समितीका सम्योजक साथै जनरल सदस्य सदस्यहरु सहभागी साधारण सभामा सस्थाको संगठनात्मक अबस्था बारे निबर्तमान अध्यक्ष बिराज घिमिरेले , गतिबिधी / प्रगती बिबरण सचिब नारायण पराजुलीले प्रस्तुत गरेका थिए भने आर्थिक बिबरण कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरेका थिए । सस्थाले बर्षभरी गरेको गतिबिधीको आधारमा चितवन जिल्ला सम्वन्वय समितीलाई उत्कृष्ट जिल्ला समेत घोषणा गरिएको छ ।

त्यसबाहेक सहभागीहरुले सस्थाको विभिन्न नितिगत योजना साथै आगामी २ बर्षको कार्यक्रमहरुमा आ- आफ्नो धारणा ब्यक्त गरेका थिए ।

केन्द्रिय कार्यसमिती ( २०७७-७९)

अध्यक्ष - नारायण पराजुली

उपाध्यक्ष - रेजिना बस्नेत

सचिब - शुभ दुलाल

सहसचिब - मोहन ज्ञावली

कोषाध्यक्ष - अच्युत पाण्डे

सदस्य - तारा पाठक

सदस्य - मनिष कार्की

सदस्य - केदार शर्मा

सदस्य - सिर्जन दुलाल


प्रदेश संयोजक

प्रदेश न १. ईश्वर रेग्मी

प्रदेश न ३. विशाल पौडेल

प्रदेश न. ५ सागर पङेनी

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial