NIFRA नेपाल पूर्वाधार बैंकको ८ करोड कित्ता आईपीओ माघ २ गतेदेखि खुल्ने


काठमाडौं – नेपाल पूर्वाधार बैंकको आईपीओ माघ २ गतेदेखि खुल्ने भएको छ । धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्टारकाे कार्यालय र म्युचल फन्डसँगको सबै स्वीकृति र प्रक्रिया पूरा भएकाले माघ २ गतेदेखि आईपीओ खुल्ने बैंकका प्रवक्ता सुवर्णसिंह नेपालले उज्यालोलाई जानकारी दिनुभयो । यसका लागि भोलि (मङ्गलबार) नै आह्वान पत्र प्रकाशित गर्ने उहाँको भनाइ छ ।

बैंकलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते अनुमति दिएको थियो । आईपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी १२ अर्बबाट बढेर २० अर्ब पुग्नेछ ।

आठ करोड कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचल फण्डकाे लागि र शून्य दशमलव २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर बैंकका कर्मचारीको लागि छुट्याइएको छ । बाँकी सात करोड ५९ लाख ८४ हजार कित्ता शेयर सर्वसाधारणले पाउने छन् ।

नेपालमा अहिले सरदर १२ लाखले आईपीओ भर्ने गरेकाले पूर्वाधार बैंकको आईपीओ भर्ने जति सबैलाई पर्नेछ ।  

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial