बलात्कारपछि हत्या प्रकरणको चौथो दिन



काठमाडौं
। बुधवार स्कूल गएकी छोरी साँझसम्म नफर्किएपछि भागरथी भट्टकी आमालाई चिन्ता हुन थाल्यो । उनले भागरथीका साथीहरुलाई सोधपुछ गर्न थालिन् । साथीहरुले उनी छुट्टी भएपछि एक्लै स्कूलबाट घरतर्फ लागेको बताए । बेलुकासम्म पनि अत्तोपत्तो नभएपछि गाउँलेहरु मिलेर प्रहरीलाई खबर गरे । शुरुमा त १७ वर्षीया भागरथी कोही केटासँग पो भागेकी हुन् कि भन्ने अड्कल काटिएको थियो । तर, भोलिपल्टसम्म पनि भागरथीबाट कुनै प्रतिक्रिया नआएपछि भने सबैजना केही हच्किए । माहोल बदलियो ।

बिहीवारको दिन स्कूलबाट फर्कंदै गरेका विद्यार्थीहरुले बाटोमै पर्ने लवलेक सामुदायिक वनमा वनमाराको झाडी माडिएको देखे । दृश्य केही शंकास्पद भएकाले उनीहरुले तत्काल गाउँमा खबर गरे । गाउँले त्यहाँ पुगेर हेर्दा त सडकबाट करिब ६० मिटर तल एक युवतीको शव थियो । युवती थिइन् उही भागरथी ।

त्यसपछि लाशलाई नचलाई तुरुन्तै प्रहरीलाई खबर गरियो । यसअघि भएका बलात्कारका घटनाहरुमा शवलाई चलाउने हुँदा प्रमाण नष्ट भएको बुझेर यस्तो गरेको गाउँलेहरुको भनाइ छ । प्रहरीले घटनास्थलमा पुगेर आफ्नो अनुसन्धान शुरु ग-यो । भागरथीको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनु्सन्धानबाट खुलेको थियो ।

घटनास्थलको दृश्यले पनि सोही कुराको छनक दिएको थियो ।

वरिपरि वनमाराको झाडी माडिनु, मृतकको तल्लो भागको कपडा घुँडासम्म झरेको हुनु, सर्टको बटन खोलिएको हुनु, घाँटीमा नीलडाम हुनु, हात र टाउकोमा चोट देखिनु आदिले मृतकको बलात्कार पछि हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत लगिएको थियो ।

अहिले प्रहरीले यो घटना बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिसकेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial