कांग्रेसका १३ भ्रातृ संगठनले आज देशैभर प्रदर्शन गर्दै



काठमाडौँ
। नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले आज सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संगठनले संयुक्त रुपमा देशैभर प्रदर्शन गर्न लागेको हो ।

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजको संयुक्त अगुवाईमा देशका विभिन्न ठाउँमा काँग्रेसले विरोध सभा आयोजना गरेको हो।

कांग्रेसले हिजो आइतवार एक विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागि हुन नेता तथा कार्यकर्तालाई अपिल गरेको छ। “नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं। यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ”, विज्ञप्तीमा भनिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial