गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने



एजेन्सी
। अब गुगल र फेसबुकले सञ्चार माध्यमको समाचार प्रयोग गरेबापत सम्बन्धित प्रकाशकलाई निश्चित शुल्क तिर्नुपर्ने भएको छ ।

अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई विभिन्न सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको हो ।

अष्ट्रेलियाले पारित गरेको यो कानून संसारकै पहिलो कानून भएको बताइएको छ। अमेरिकी प्राविधिक संस्थाहरूले यो कानुनको विरोध गर्दै आएका थिए।

गत साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो, तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।

त्यो वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई त्यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ। त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो।

अस्ट्रेलियाले बनाएको यो कानुन, संसारका अन्य देशहरूमा पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानूनका लागि परीक्षण भएको मानिएको छ।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले आज संशोधन सहित पारित गरेको हो। सिनेटले सो कानुन यसअघि नै पारित गरिसकेको बिबिसीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial