नेप्सेमा उछाल, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब



काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै हल्ला चलेका कारण आइतबार नेप्सेमा करेक्सन देखिएको थियो । आइतबार ३३.३३ अङ्कले ओरालो लागेको नेप्से आज ९२.४२ अङ्कले बढेर दुई हजार ५ सय ८६.०१ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६ सयको बिन्दु पहिल्याएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.३३ बिन्दुले बढेर ४ सय ६९.४४ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिपछि कारोवार रकम उच्च बिन्दुमा पुगेको छ । कूल २ सय ५ कम्पनीको दुई करोड २४ लाख ४७ हजार १ सय ५७ कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६ सय ६९ मूल्यमा खरिद बिक्री भएको छ ।

आजको कारोवारपछि बजार पूँजीकरण साढे ३५ खर्बमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख ७० हजारको हाराहारीमा पुगेको छ । कारोबारका आधारमा आज जीवन बीमा, निर्जीवन बीमा, लघुवित्तको शेयरमा लगानीकर्ता आर्कर्षित भएका छन् । कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ ।

बैंकिङ ५७.३२, व्यापार ७१.६, होटल २४.१, विकास बैंक ४९.९१, जलविद्युत् ६४.४५, वित्त ३४.७५, निर्जीवन बीमा ४ सय ४७.४४, उत्पादन १ सय ५९.६६, अन्य ६२.६१, लघुवित्त ३ सय ७०.३, जीवन बीमा ६ सय ९७.९१, सामूहिक लगानी कोष ०.१८ मा पुगेको छ ।

कारोवारका आधारमा आज निर्धन उत्थान लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७० करोड ४८ लाख ४९ हजार ९ सय ४१ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक ६८ करोड पाँच लाख १६ हजार ४ सय ७१, छिमेक लघुवित्त ४७ करोड ९१ लाख ४० हजार ४ सय ६४, डिप्रोक्स लघुवित्त ४७ करोड ४४ लाख ४१ हजार ७ सय ५४, ग्लोबल आइएमई बैंक ४६ करोड ९० लाख २४ हजार ४ सय ८३, एनआइसि एशिया बैंक ४० करोड ६९ लाख तीन हजार ३ सय ९२, नेको इन्स्योरेन्स ३४ करोड ७४ लाख ४० हजार ८५, नेपाल बैंक लिमिटेड २८ करोड ९९ लाख आठ हजार ३ सय ४२ र नेपाल पुनरबीमा कम्पनी २४ करोड ८९ लाख तीन हजार १ सय ९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा छिमेक लघुवित्त, गरिमा विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी लघुवित्त, आरएसडिसी, फरवार्ड लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्तका लगानीकर्ताले समान १० प्रतिशतले कमाएका छन् ।
यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४.०३, सानिमा बैंकको ऋणपत्र १.९०, एनआइसि एशिया ऋणपत्र १.५९, एभरेष्ट बैंक १.४८, एनआइसि एशिया बैंकको ऋणपत्र २०८४ को ०.७६ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ०.३५ प्रतिशतले गुमाए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial