कोपा इटालियाको फाइनलमा पुग्यो युभेन्ट्स



एजेन्सी-
इन्टरमिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानसँग बराबरीमा रोकिए पनि युभेन्ट्स फाइनलमा पुगेको हो ।

पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल पुग्न सफल भएको हो । इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो ।

यभेन्ट्सले अब उपाधिको लागि नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ । दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial