प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड वेस्टको खेल बराबरी



एजेन्सी-
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई वेस्ट ब्रुमले बराबरीमा रोकेको छ ।

उपाधि दाबेदार मानिएको युनाईटेड रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।


वेस्ट ब्रुमको मैदानमा ब्रुनो फर्नान्डेसले ४४औँ मिनेटमा गोल गरेर युनाईटेड हार टारे ।

खेलको दोस्रो मिनेटमा एम्बाए डाएग्नेले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए ।

बराबरीपछि पनि युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडले २४ खेलमा ४६ अंक जोडेको छ । वेस्ट ब्रुम १३ अंकसहित १९औँ स्थानमा छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial