सुनचाँदी कालीगढलाई प्रोत्साहित गर्न अक्षयकोष



काठमाडौं ।
सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सीप विकास गर्ने उद्देश्यले अक्षयकोष स्थापना भएको छ ।

शुभगुरु सुनचाँदी गृहका सञ्चालकद्वय सूर्य बराल र राधा गुरुङले आफूहरूको २५औँ विवाह वर्षगाँठको अवसरमा शुभगुरु फाउण्डेशन स्थापना गरेको हो ।

फाउण्डेशन स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सीप विकास र सम्मान गर्न फाउण्डेशन स्थापना हुनु सुनचाँदी क्षेत्रका लागि महत्वपूर्ण थालनी भएको बताए ।

फाउण्डेशनका संयोजक सूर्य बरालले अक्षयकोषमार्फत सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढको ज्ञान, सिप, कला र विज्ञताको सम्मान गर्दै आधुनिक औजार खरिद गर्न सहयोग गरिने बताए । उनले गरिब, पिछडिएका र द्वन्द्व पीडित वर्गका कालिगढलाई सिप सिक्न छात्रवृत्तिसमेत उपलब्ध गराइने बताए ।

अभिषेक ज्वेलर्सका संस्थापक अध्यक्ष यामबहादुर गुरुङले सुनचाँदी व्यवसायका क्षेत्रमा आबद्ध कालिगढको क्षमताको उचित मुल्यांकन नभएको अवस्थामा फाउण्डेशनको प्रयास कोशेढुंगा हुने बताए ।

संखुवासभाका पूर्वसांसद डेडराज खड्काले सुनचाँदी व्यवसायलाई अझ परिस्कृत, व्यवािसयक र सम्मानित बनाउन फाउण्डेशनले सहयोग पुग्ने विश्वास व्यक्त गरे । फाउण्डेशनले कालिगढको सिप विकासका लागि दश लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial