काठमान्डू । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको भविष्य के हुने भन्ने अन्योल भैरहेका बेला अर्थमन्त्री पौडेलले एमसिसी नयाँ संसद्बाट पारित हुने बताए। ‘अहिले सरकारले आफ्नै बजेटमार्फत काम अघि बढाएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘अनुमोदन भएपछि त्यसैअनुसार खर्च हुनेछ।’
अहिले एमसिसीका लागि आठ अर्ब रूपैयाँ स्रोत व्यवस्थापन गरेको अर्थ सचिव ढुंगानाले जानकारी दिए । ‘जग्गा अधिग्रहणका लागि बजेट व्यवस्था गरेका छौँ,’ उनले भने, ‘सरकारले प्रसारण लाइन र सडकको काम गर्दै जान्छ।’ नागरिक दैनिकबाट
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :