एजेन्सी : आयुर्वेदमा विभिन्न रोगमा पुदिनाको प्रयोग गरिन्छ। यसलाई हाम्रो भान्छामा दिनहुँ आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। पेट फुल्ने भएमा पुदिनाको एक-दुई चम्चा रस, केही मात्रामा वीरेनुन राखी चार गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ। अचार, तरकारी आदिको रूपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। नियमित पुदिनाको सेवनले कोलेस्ट्रोलसमेत कम गर्ने गर्छ।
यस्ता छन् नियमित पुदिना सेवन गर्नुका फाइदा
- पुदिनामा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकाले यसको नियमित सेवनले पाचनशक्ति बढाउनुका साथै खानासमेत रुच्ने बनाउँछ।
- तुलसी, कालो मरिचसँग पुदिना मिसाएर यसको पानी खाने गर्नाले पेटमा जम्मा भएको ग्यासलाई बहिर निकाल्न सहयोग गर्छ।
- नियमित रूपमा पुदिनाको पत्ता चपाएर खाने गर्नाले मुख गह्नाउने समस्या समाधान हुनुका साथै दाँत दुख्ने समस्या पनि कम हुन्छ।
- बारम्बार बान्ता भइरहने समस्या छ भने पुदिनाको पत्तालाई निबुवाको रसमा मिलाएर खानाले बान्ता हुन रोकिन्छ।
- यस्तै, पुदिनाको नियमित प्रयोग गर्नाले दमका बिरामीलाई फाइदा पुग्छ।
- यदि छालाको संक्रमण, अनुहारमा डण्डीफोर तथा अन्य दाग छ भने नियमित रूपमा पुदिनाको पत्तालाई पिसेर लेपन लगाउने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।
यसका साथै पुदिनाको नियमित प्रयोग गर्नाले तौल घटाउने, प्रजनन् क्षमतामा वृद्धि गर्ने, शरीरमा हुने विभिन्न खालका एलर्जी हटाउने र शरीरमा क्यान्सरका कोषहरू बढ्नबाट समेत जोगाउने गर्छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :