सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, २२ जना घाइते



सिन्धुली
- सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

दुर्घटनामा मरिण गाउँपालिका वडा नं २ बस्ने वर्ष २५ का प्रताप लोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दुर्घटना लगत्तै हेलिकप्टरबाट काठमाण्डौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएका पाँच जनामध्ये उपचारको क्रममा लोको मृत्यु भएको हो । अन्य चार जनाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई पनि थप उपचारको लागि एम्वुलेन्समा काठमाण्डौं पठाइएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।

३४ जना जन्ती बोकेर हरिहरपुरगढीको बखबरबाट मरिणको रातोमाटेतर्फ जादै गरेको ना ५ त ५३५६ नम्बरको ट्राक्टर तीव्र गतिमा रहेको र मदन भण्डारी सडकमै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial