एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारका सैनिक नेतृत्वविरुद्ध प्रतिबन्धको घोषणा गरेका छन ।
राष्ट्रपति बाइडेनले म्यान्मारको सैनिक नेतृत्वले सत्ता छाड्नै पर्ने भन्दै अमेरिकामा रहेको म्यान्मारका सबै फण्ड फ्रिज गर्ने घोषणा गरेका छन् ।
यो प्रतिबन्धमा अमेरिकामा रहेको म्यान्मारको एक खर्ब डलर बराबरको रकम फिर्ज हुने निश्चित भएको छ ।
बाइडेनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै म्यान्मारको सत्ता हत्याउने सैनिक नेतृत्वविरुद्धको प्रतिबन्ध तत्कालै लागु हुने बताएका छन ।
उनका अनुसार यो आदेशबाट उनीहरुको व्यापारिक हित र नजिकका परिवारका सदस्य समेत प्रतिबन्धको दायरामा आउने छन् ।
उनले प्रतिबन्धको कडा रुपमा कार्यान्वयन गर्दै म्यानमारमा हुने निर्यातमा पनि लागु गर्ने बताएका छन् । आवश्यक परेमा प्रतिबन्ध थप कडा बनाउदै लैजाने जनाए पनि बाइडेनले बताएका छन् ।
राष्ट्रपति बाइडेनले आङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन् ।
सैनिक कू को विरोधमा म्यान्मारमा प्रदर्शन चर्किदै जादा सरकारको दमन पनि बढ्दै गएको छ । प्रदर्शनकारीलाई पानीको फोहोरा, अश्रुग्यास, रबरका गोली प्रहार गरेको समाचारहरु आएका छन ।
प्रदर्शन बढ्दै गएपछि सैनिक सरकारले विभिन्न सामाजिक मिडियालाई प्रतिबन्ध लगाउनुका साथै र इन्टरनेट समेत बन्द गरेको बिबिसीले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :