भागरथी हत्या प्रकरण: परिवारबीच ३५ वर्ष पुरानो विवाद ?



काठमाडौं
। भागरथी भट्टको बलात्कारपछि हत्या भएको ठाउँनजिकै घडी फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्याका अभियुक्त सोही ठाउँका दिनेश भट्टले दिएको बयानको आधारमा प्रहरीले घडी फेला पारेको हो ।

अभियुक्त दिनेशले घटनास्थल नजिक केही फालेको बयान दिएका थिए । उनको बयानपछि प्रहरी घटनास्थलमा खोजतलासमा लागेको थियो, सोही क्रममा घडी भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको दुई हप्तापछि अभियुक्तलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरि सार्वजनिक गरेको छ । आरोपी किशोरले आफ्नो परिवारको एक महिला सदस्यमाथि भागरथीका बाबुले यौन दुव्र्यवहार गरेकाले आफूले बदला लिन यो अपराध गरेको बयान प्रहरीसमक्ष दिएको दाबी गरेको बताईएको छ ।

दुई परिवारबीच यो विषयमा विगतमा मनमुटाव भएको गाउँलेले पनि बताएका छन् । तर, त्यो विवाद करिब ३५ वर्षअघि भएको गाउँलेहरुको भनाइ छ । भागरथी र आरोपी किशोर जन्मिनु भन्दा १७, १८ वर्षअघि भएको यो घटनाको बदला लिन किशोरले अहिले हत्या गरेका हुन् भन्नेमा छिमेकीहरू विश्वस्त छैनन् ।

भागरथीकी आमा द्रौपदी भट्टले पनि पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन् । “घटना भएको दिन उ दिनेश चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मा¥यो भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रौपदीले भनेकी छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial