आज पनि एमिकस क्युरीको बहस जारी



काठमाडौं ।
अदालतको सहयोगी (एमिकस क्युरी)ले आज बिहीवार पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलवारबाट शुरु भएको एमिकस क्युरीको बहसको पहिलो दिन वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले र दोस्रो दिन बुधवार वरिष्ठ अधिवक्ताहरु सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए ।

हिजो भएको बहसमा खरेल र मैनालीको राय बाझिएको थियो । खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए भने मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको तर्क गरेका थिए।

अब आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, विजयकान्त मैनाली ,सतीशकृष्ण खरेल पूर्णमान शाक्य र गीता संग्रौला रहेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस जारी छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial