काठमाडौँ– महिला लघुवित्तले विक्री गरेको आइपीओमा अत्यधिक आवेदन परेको छ । आवेदन दिने अन्तिम समय बुधवार साँझ ५ बजेसम्ममा १५ लाख ८० हजार ७ सय ८१ जना आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपिओमा १४ लाख ८१ हजार २ सय ८४ जनाको आवेदन परेको थियो । महिला लघुवित्तको आइपीओले निफ्राको यो रेकर्ड ब्रेक गरेको छ ।
महिला लघुवित्तले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने प्रावधान थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :