सिन्धुलीमा क्यूआरकोडबाट भुक्तानी गर्न सकिने सेवा शुरू



सिन्धुलीमाढी ।
सिन्धुली जिल्लामा क्यूआरकोडबाट भुक्तानी गर्न सकिने सेवा शुरू भएकाे छ । सिभिल बैंकले क्यूआरकोडमार्फत् भुक्तानी गर्न सकिने सेवाको थालनी गरेको हाे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सिन्धुलीमा क्यूआर कोडबाट रकम भुक्तानी सेवा थालनी गरेका हुन्। उनले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको क्युआर कोड मार्फत भुक्तानी गरी याे सेवाकाे शुरू गरेका हुन् ।

सिन्धुली नगर क्षेत्रमा सञ्चालित ७४ वटा टेम्पू (तीन पाङ्ग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न ब्यापारी संस्थालाई क्युआर कोड वितरण गरिएको छ । सो सेवा शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक भुवन कडेँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिंग प्रमुख भोलाबहादूर विष्ट, बागमती प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्रीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नोट छपाई गर्दा हुने खर्च घटाएर भुक्तानी सेवालाई छिटो, छरितो र सरल बनाउन क्यूआर कोडको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिए ।

यस्तै, सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेलले क्युआर कोड प्रविधिको भुक्तानी प्रक्रिया तथा प्रभावकारीता बारेमा चर्चा गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले आफ्ना ग्राहकहरूलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्दै आएको बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial