एउटा मात्रै होईन ५ वटा सहकारी बैंक आवश्यक : सुरेन्द्र भण्डारी


काठमाडौँ । प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अघि बढेको छ । आईतबार संघीय सहकारी विभागमा नेपाल सहकारी बैंक दर्ताको लागि फाईल पेश भएको छ ।

प्रस्तावित बैंकको तदर्थ समितिले बैंक दर्ता गर्नका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गरेर आज सहकारी विभागमा फाईल पेश गरेको हो ।

प्रस्तावित बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा आज गएको पदाधिकारीको टोलीले विभागमा फाईल पेश गरेको हो ।

हाल सहकारी क्षेत्रमा क्रियाशील बैंकले सबै सहकारीकमीहरुलाई समेट्न नसकेकाले नयाँ बैंक स्थापना गर्नका लागि प्रकृया अगाडि बढाएको अध्यक्ष भण्डारीले बताउनुभयो ।



प्रस्तावित बैंकको दर्ता फाईल बुझ्दै विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले फाईलको अध्ययन गरेर कानुन बमोजिम प्रकृया अगाडि बढाउने बताउनुभयो ।

यसअघि प्रस्तावित बैंकको माघ १७ गते सम्पन्न भएको प्रारम्भिक भेलाले सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय तदर्थ संचालन समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गर्दै बैंक दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial