काठमाडौंमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात



काठमाडौं ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज सामान्यतया मौसम बदली भएर केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५५ मिनेटमा हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial