कोभिड–१९ विरुद्धको खोप: फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई



काठमाडौं ।
सरकारले आगामी फागुन २३ गते देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता गौतमले माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म २ लाख ६३ हजार ४ सय ८६ जनाले खोप लगाएको जानकारी दिनुभयो ।

हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, भन्सारमा कार्यरत कर्मचारी लगायतले खोप लगाएका छन । भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप अहिले प्रयोग भइरहेको छ । सरकारले भारतसँगै थप २० लाख डोज खोप ४ डलर प्रति डोजको दरमा खरिद गर्ने निर्णय समेत गरिसकेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial