निफ्राको मूल्य कति पुग्ला



प्रकाशित: फाल्गुन ६, बिहिबार, काठमाडौँ । 
कारोबार भएको पहिलो दिनमानै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको (NIFRA) सेयर मूल्य १० प्रतिशतले बढेको थियो । पहिलो कारोबारका लागि नेप्सेले दिएको अधिकतम मूल्य प्रतिकित्ता ३४० रुपैयाँबाट कारोबार सुरु भएको थियो।

त्यसपछि प्रतिकित्ता ३४६, ३५२, ३५९, ३६६, ३७३ र अन्तिममा ३७४ रुपैयाँमा सेयर कारोबार भएको थियो । त्यसपछि लगातार यस कम्पनीको सेयर मूल्य प्रतिदिन लगभग १० प्रतिशतले बढेर हिजो करिब ५०० (४९७) पुगेको थियो । 

कुनै पनि कम्पनीको बजार मूल्य एक दिनमा १० प्रतिशतसम्म मात्रै बढ्न सक्छ। समग्र नेप्से घटेका बेला पनि इन्फ्रास्ट्रक्चर बैंकको मूल्य १० प्रतिशतले बढेको हो। यसले सेयर खरीद्कर्ताहरुमा नया उत्साह ल्याएको छ । अझ केहि दिनसम्म राख्न सके, यसले मनग्य आम्दानि दिन सक्ने कुरा विज्ञहरु बताउछन् । 

८ करोड कित्ता सेयर जारि गरेको यस कम्पनीको सेयर कारोबारमा, हिजोसम्म जम्मा १५ लाख कित्ता सेयर मात्र बजारमा निस्किएको छ । लगानीकर्ताहरु यस कम्पनीले NRIC कै जस्तो आम्दानि त दिने हैन भंनेसम्मा पुगेका छन् । नेप्सेमा सूचीकरण गर्दा यसलाई पहिले विकास ब्याङ्कको सुचिमा राखिएको थियो भने पछि फेरी अन्य को सुचिमा राखिएको छ । 

नेपालको पहिलो र एकमात्र इन्फ्रास्ट्रक्चर बैंक भएकाले पनि यसले मनग्य आम्दानि दिनेमा लगानीकर्ता विश्वस्त छन्, किनभने ८ करोड कित्ता मध्ये, जम्मा १५ लाख कित्ता मात्र बजारमा किन बेचका लागि आउने भनेको असामान्य कुरा हो । 

हुनत २ अर्ब बढि घाटामा रहेको चन्द्रागिरि हिल्ल्सको सेयर मुल्य समेत प्रति दिन १० प्रतिशतले बढ्दै आएको छ भने, इन्फ्रास्ट्रक्चर बैंक भनेको नाफा कमाएको र नेपालको एकमात्र इन्फ्रास्ट्रक्चर बैंक भएकोले, अहिल्यै अत्तालिएर यसलाइ नबेच्न विज्ञहरु सुझाउछन ।

बेच्नेतर्फ भने सेयर छैन। यसले गर्दा केही दिन कम्पनीको बजार मूल्य बढ्न सक्नेछ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial