देशभर मौसम बदली हुने, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना



काठमाडौं ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती वाग्मती, गण्डकी, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदली रहनेछ । वाग्मती, गण्डकी र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मध्य र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial