आज देशका यी बिभिन्न स्थानमा विद्युत कटौति



काठमाडौं
। आज शनिवार देशका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ‘मेन्टेनेन्स सटडाउन’ सेड्युल सार्वजनिक गर्दै प्रदेश १ र प्रदेश ५ का विभिन्न स्थानमा बत्ति काटिने जनाएको छ ।

प्राधिकरणका अनुसार, यी दुबै प्रदेशका ३ वटा फीडर सटडाउन हुनेछ । प्रदेश १ को धरान वितरण केन्द्रको धरान, पानमारा र लोकल चतरा फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत कटौती हुनेछ । यसबाट धरानका वडा नम्बर १, ४, ८, ९, १०, १३, १४ र १६ मा आज दिनभरजसो बत्ति जाने छ ।

यसैगरी प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रको बागेश्वरी फिडरमा दिउँसो १२ः३० देखि ४ः३० सम्म र एयरपोर्ट फिडरमा ११ बजेदेखि १२ः३० बजेसम्म बिजुली काटिनेछ । यसबाट नेपालगन्जका न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारा लगायतका स्थान तथा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायतका स्थानमा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial