बायर्न क्लब विश्वकप च्याम्पियन!



एजेन्सी –
जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा मेक्सिकोको टिग्रेसलाई १-० ले पराजित गर्दै बायर्नले सिजनको छैटौं उपाधि जितेको हो । कतारमा भएको फाइनलमा बायर्नका लागि बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो । उले ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए । सुरुमा लेवान्डोस्की अफसाइड रहेको भन्दै गोलले मान्यता पाएको थिएन । तर भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा गोल मान्य भएको थियो । त्यसअघि जोशुवा किम्मिखको गोल भने भीएआरबाट रद्द भएको थियो ।

गत सिजन जर्मन बुन्डेस्लिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको बायर्नले त्यसपछि थप तीन उपाधि जितेको छ । यूईएफए सुपर कप र जर्मन सुपर कपपछि क्लब विश्वकप उपाधि जितेको बायर्न ६ ट्रफी जित्ने दोस्रो टोली बन्यो । यसअघि दशकको सुरुवातमा बार्सिलोनाले यो उपाधि हासिल गर्यो ।

सन् २०१९ डिसेम्बरमा हान्सी फ्लिकले टोलीको प्रशिक्षण जिम्मेवारी सम्हालेयता बायर्नले लगातार य्पधि जित्दै आएको छ । उनले ६८ खेलमा ५८ जित हासिल गराएका छन् । यस्तै प्रति ११.३ खेल औसतमा टोलीले उपाधि जित्दै आएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial