दाहालविरुद्ध परेको अवहेलना मुद्दामा आज सुनुवाइ हुने


काठमाडौँ ।
दाहाल-नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज मंगलवार सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको भन्दै नेपाल ल क्याम्पसमा अध्ययनरत समीर हायुले दाहालविरुद्ध रिट दायर गरेका छन्।

प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका हुन्। प्रचण्डको कार्य संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता भन्दा विपरीत रहेको हायूको तर्क छ।

यसअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि अपमानपूर्ण भाषा प्रयोग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial