नेपालमा थप १६० जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु



काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  | त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ४७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १६५ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ । अहिलेसम्म नेपालमा २१ लाख १ हजार ५९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ८७ रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial