रिहाइपछि झाँक्रीको उद्घोष- ‘आन्दोलन अझ सशक्त हुन्छ’



काठमाडौँ–
नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले अब आफूहरूको आन्दोलन अझ सशक्त हुने बताएका छन् ।

बुधबार साँझ अपराध अनुसन्धान महाशाखाबाट रिहाइ भइपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले यस्तो बताएकी हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको गलत कामको विरोधमा आफूले बोलेकोमा कुनै पछुतो नभएको बताएकी छन्।

उनले भनिन्, ‘मलाई जति समय राख्यो उति सरकारलाई घाटा हुने भएपछि मलाई छाडेको हो।’ झाँक्रीका पति पशुपति पुरीको जिम्मामा प्रहरीले छाडेको हो। अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने बताइन् ।

‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी देशव्यापी उपस्थित हुँदा प्रस्तुत भएँ यसलाई ह्यार्‍यास्म्यान्ट गर्ने उद्देश्यले यो कदम चालिकएको जस्तो लाग्यो , ‘उनले भनिन् ,’यहाँ अरु केही भएन, दिनभरी सबैले दिनुभएको सहयोग र बढाउनुभएको दबाबका अगाडि प्रतिगमन झुकेको छ, हामीले जितेका छौँ, म यहाँबाट विनाशर्त निस्केको छु ।’

राष्ट्रपतिलाई दिएको अभिव्यक्तिबारे उनले भनिन्,‘ यो व्यक्तिभन्दा पनि प्रवृत्तिको लडाइँ हो ।’

उनले प्रहरीलाई लिखित बयान दिएकी थिइन् । बयानमा संबैधानिक राष्ट्रपतिप्रति सम्मान रहेको र संविधानमा भएको व्यवस्थाअनुसार अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग गरेको उल्लेख छ ।

बिहीवार (आज) दिउँसो प्रहरीले झाँक्रीलाई उनको निवास शंखमुलबाटै पक्राउ गरेको थियो । आज बिहान उनलाई राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो ।

उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial