लायन्स क्लव अफ विराटनगर रानी द्वारा श्री दुर्गा मा. वि. जहदा १ मा स्वेटर् जुत्ता तथा शिक्षण सामग्री वितरण।


प्रकाशित: माघ २०, मंगलवार, विराटनगर ।
लायन्स क्लव अफ विराटनगर रानी तथा लियो क्लब अफ विराटनगर रानी द्वारा जहदा १ मा अवस्थित श्री मा दुर्गा माध्यमिक विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ५ सम्म का छात्र छात्राहरुलाई जाडोको लागि उनिको स्वेटर् , जुत्ता, कापी, कलम, ईरेजर आदि इत्यादि वितरण गरिएको छ।

लायन्स क्लव अफ विराटनगर रानी का अध्यक्ष श्री जितेन्द्र रजक को अध्यक्षतामा आयोजना गरिएको लायन्स र लियो क्लव अफ विराटनगर रानीको सन्युक्त कार्यक्रममा उक्त सामग्रीहरू वितरण गरिएको हो।

कोरोना संक्रमणको महामारीको बेला श्री जितेन्द्र रजक को अध्यक्षतामा स्थापना भएको लाइन्स क्लव अफ विराटनगर रानी र गुड्डु कुमार सिंह को अध्यक्षतामा रहेको लियो क्लव अफ विराटनगर रानी ले स्थापनाको बेला नै लकडाउनको अवस्थामा एकमुष्ट ३०० पिण्ड ब्लड डोनेट गरी नेपाल रेडक्रस सोसाइटीबाट प्रथम पुरस्कार हासिल गर्न सफल भएका छन् भने कोरोना महामारीको संक्रमणको बेला यस्ता धेरै उदाहरणीय कार्यहरु गरी समाजमा प्रेरणाका स्रोतको रूपमा प्रस्तुत भएको छ भने

यसैक्रममा आज विकट अवस्थित श्री दुर्गा मावि का कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका करिब २०० विपन्न वर्गका छात्र छात्राहरुलाई स्वेटर, जुता तथा शिक्षण सामग्रीहरू वितरण गरेका हुन् ।

यस कार्यक्रम द्वारा गरिएको सहयोगको लागि विद्यालयका तर्फबाट प्रधानाध्यापक श्री तुलसी मण्डल र विद्यालय समितिका अध्यक्ष लिलेन्द्र दास मल्हा द्वारा प्रशंसापत्र प्रदान गरी धन्यवाद व्यक्त गरेका छन्।

तस्वीर (श्रोत दीपक गुप्ता) 









.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial