६ दिनमै १६ लाखको मार्सी चामल बिक्री



काठमाडौं ।
खाद्य कम्पनीद्वारा पहिलोपटक बिक्री सुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको बिक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवर्द्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको बिविक्री सुरू गरेको हो ।

कम्पनीले प्रतिकिलो २ सय २५ रुपैयाँका दरले हाल सम्म कुल १६ लाख २ हजार २ सय २५ रुपैयाँ बरावरको ७ सय २१ केजी चामल विक्री गरिसकेको छ । विक्री सुरू गरेको पहिलो दिनमै खाद्यले २० हजार ९ सय २५ रुपैयाँको ९३ किलो चामल बिक्री गर्न सफल भएको थियो । दोस्रो दिनमा ३२ हजार ४ सय रुपैयाँको १ सय ४४ किलो बिक्री भयो ।

तेस्रो र चौथो दिनमा क्रमशः ६ हजार ९ सय ७५ रुपैयाँको ३१ किलो र १७ हजार ३ सय २५ रुपैयाँको ७७ किलो विक्री चामल बिक्री भएको थियो । त्यसैगरी पाँचौँ दिन ४२ हजार ३ सय रुपैयाँको १ सय ८८ किलो विक्री भएकोमा छैटौँ दिन पनि त्यति नै मूल्य बराबरको १ सय ८८ किलो चामल बिक्री भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार उपभोक्ताहरूले अहिले ठूलो परिमाणमा चामल माग नगरेका कारण १ किलोको प्याकेट बनाएर बिविक्री भइरहेको छ । कम्पनीले परीक्षणका लागि काठमाडौंमा मार्सीको बिक्री सुरू गरेको र राम्रो बजार पाउँदै गएमा भोलिका दिनमा काठमाडौं बाहिरका स्थानहरूमा पनि मार्सी चामल बिक्री गर्ने योजना रहेको उनले बताइन् ।

कम्पनीले मार्सीको ब्रान्डिङ गरी परीक्षणका लागि पहिलोपटक बजारमा ल्याएको उक्त मार्सी चामल कर्णाली प्रदेशको सुर्खेतबाट २ सय ७० क्वीन्टल खरिद गरेर ल्याइएको हो । जुम्लाको मार्सीलाई अझ बढी प्रवर्द्धन गरी ठूलो परिमाणमा बेच्न कम्पनीले यसै वर्ष ५ सय मेट्रिकटन खरिद गर्दै छ । खरिदका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र अबको केही समयमै खरिद हुने न्यौपानेले बताइन् ।

कम्पनीले भर्खरै मात्र बिक्री थालेको यस चामलप्रति अहिले उपभोक्ताको उत्साहजनक र आशलाग्दो प्रतिक्रिया पाइएको पनि उनले जानकारी दिइन् । कम्पनीले स्थानीय स्तरमा उत्पादन भएका अन्य खाद्य सामग्रीहरू दाल, कर्णालीको सिमी, तितेफापर, घ्यूलगायतका खाद्यवस्तु समेत बिक्री तथा प्रवर्द्धन गर्दै आएको छ । हाल कम्पनीसँग करिब ८ हजार मेट्रिकटनभन्दा बढी चामल, १ सय ४२ मेट्रिकटन गहुँ मौज्दात रहेको छ । आर्थिक अभियानबाट

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial