के भइरहेको छ कोरोना बीमाको दाबी भुक्तानी ?



काठमाडौँ
– लामो सयदेखि समस्या आइरहेको कोरोना बीमाको दाबी भुक्तानी अब डेढ महिनाभित्रमा भइसक्ने भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अबको डेढ महिना भित्रमा फछर्यौट भइसक्ने बताएका छन् ।

समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालको पदभार ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अहिले कोरोना बीमाको दाबी भुक्तानीको काम फास्ट ट्रयाकबाट भइरहेको समेत उनले जानकारी दिए । यसअघि कोरोना बीमाको दाबी भुक्तानी विभिन्न कारणले ढिलाई भइरहेको थियो । तर अब भने ढिलाई नहुने कार्यकारी निर्देशक पौडेलको भनाई छ ।

कोरोना बीमाको दाबी भुक्तानी तिव्र रुपमा गर्न थालिएको छ । बीमा ‘पुल’मा रहेको कोष सकिएसँगै दाबी भुक्तानी गर्न थालेको हो । समितिको पछिल्लो तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले ३ अर्ब ५५ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् । जुन भुक्तानीमा सरकारको दायित्व ५ करोड ५२ लाख रुपैयाँ हुन आउँछ ।

साढे ३ अर्ब रुपैयाँसम्म बीमा पुल मार्फत् भुक्तानी हुने व्यवस्था छ । हालसम्म बीमा कम्पनीले ६५ हजार ५ सय १९ जनाको फाइल चेक जाँच गरिसकेको बीमा समितिले जनाएको छ । फाइल पूरा भएका मध्ये ३६ हजार ५ सय ६९ जनाले दाबी भुक्तानी पाइसकेका छन् भने कागजपत्र पूरा भएका २८ हजार ९ सय ५० जनालाई दाबी भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ ।

हालसम्म बीमा कम्पनीहरुले ८ हजार ५ सय ५४ वटा पोलिसीको फाइल चेक जाच गरिरहेका छन् ।

हाल १८ हजार ५५४ जनाको कोभिड परिक्षण रिपोर्ट चेकजाँचका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको समितिले जनाएको छ । ती फाइल मध्ये ९ हजार ६२ जनाको भेरिफाई भएर आइसकेको छ भने पूर्ण कागजपत्र नभएका कारण ३ हजार ३ सय ७५ जनाको फाइल कम्पनीलाई नै फिर्ता पठाइएकोे छ ।

पछिल्लो समय कोरोना बीमा दाबी भुक्तानीमा दोहोरो आवेदन पर्ने समस्या निकै बढेको छ । जसका कारण बीमा दाबी भुक्तानी गर्नै समस्या भएको छ । त्यसलाई नियन्त्रण गर्न समिति कटिबद्ध रहेको कार्यकारी निर्देशक पौडेलले बताए ।

समितिका अनुसार ३६५ जनाको आवेदन अयोग्य भएको देखिएको छ । जसमा पोलिसी खरिद गरेको १५ भित्रै कोरोना पोजेटिभ देखिएका र दोहोरो आवेदन परेका कारण अयोग्य ठहरिएको समितिले जनाएको छ ।

बीमा कम्पनीहरुले १ लाख र ५० हजार रुपैँयाका बीमा पोलीसी बिक्री गर्दै आएका छन् । कोरोना बीमा गर्दा ५० हजारको लागि प्रतिव्यक्ति ५ सय र १ लाखको लागि १ हजार प्रिमियम तिर्नुपर्छ ।

परिवारको सदस्यले गर्दा भने ५० हजारको लागि प्रति व्यक्ति ३ सय र १ लाखको लागि भने प्रतिव्यक्ति ६ सय प्रिमियम तिर्नुपर्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial