आज कांग्रेसको ७७ जिल्लामा विरोध प्रदर्शन र सभा



काठमाडौं ।
नेपाली कांग्रेसले आज देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले आज प्रदर्शन र सभा गर्न लागेको छ ।

कांग्रेसले यसअघि केन्द्र्रदेखि वडा तहसम्मै विरोध प्रदर्शन र सभाहरु आयोजना गरिसकेको छ । आजको प्रदर्शनमा पनि उत्साहजनक सहभागिता देखाउन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गर्नुभएको छ ।

सभापति देउवाले हिजो विज्ञप्ती जारी गरेर आज हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । सभाको लागि कांग्रेसले शीर्ष नेताहरुलाई जिल्लामा खटाएको छ । सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुनुहुनेछ ।

यसैगरि ललितपुर लगनखेलमा हुने विरोध सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्नुहुनेछ भने गगन थापा चितवन पुग्नुभएको छ । संसद विघटन विरुद्ध नेकपाको दाहाल समुहले संयुक्त आन्दोलन गर्न आग्रह गरिरहँदा कांग्रेसले भने चासो देखाएको छैन ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेकपाको आधिकारिकता विवाद नटुंगिएको अवस्थामा कांग्रेसले कुनै गुट विशेषसँग सहकार्य गर्ने अवस्था नरहने प्रष्ट पार्नुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial