कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३ सय जनाको जिवितै उद्दार



एजेन्सी ।  
कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कंगोको मानविय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुष्टि गर्नुभएको हो । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो ।

उद्दारकर्ताहरुले तीन सय भन्दा बढीलाई जिवितै उद्दार गरेको बताइएको छ । रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण सो दुर्घटना भएको बताइएको छ ।

गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा डुब्दा दुई बच्चासहित एक महिलाको मृत्यु भएको थियो । सन् २०१० को जुलाइमा बुण्डुमको पश्चिमी क्षेत्रमा डुंगा दुर्घटना हुँदा एक सय ३५ जनाको मृत्यु भएको थियो । एजेन्सी

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial