काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य आज तोलामा ८०० रुपैंयाले बढेको हो।
शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजार रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैंया रहेको छ ।
त्यसैगरी चाँदीको मुल्य पनि २५ रुपैंयाले बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मुल्य १३ सय ५ रुपैंयामा कारोबार भएको थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :