ओलीलाई डा. काेइरालाकाे प्रश्न– के महाराजा बन्न लालायित भएको हाे ?



काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको ढोका र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको भन्दै प्रश्न गर्नुभएको छ ।

‘के महाराजा बन्न लालायित भएको ? राजाहरुले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको ?’ आक्रोसित मुद्रामा डा. कोइरालाले भन्नुभयो ।

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भूमिका निर्वाह गरेकाले मुलुक बवार्दीतर्फ लागेको डा. कोइरालाले बताउनुभयो । उहाँले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउनुपरेको स्पस्ट पार्नुभयो ।

सरकारको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफूहरुले संवैधानिक इजलासमा बस्ने न्यायधीश हरूलाई दबाब अथवा आग्रह नगरेको बताउनुभयो ।

‘संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरूले आफ्नो विवेक नगुमा निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं’ उहाँले भन्नुभयो ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial