नेपाललाई चिनियाँ खोप महँगो पर्ने


काठमाडौँ–
कोरोना महामारीविरुद्ध भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपछि चीनले पनि खोप अनुदानमा दिने भएको छ । भारतले जनवरी १६ मा देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको एक सातामा नै नेपाललाई ‘कोभिशिल्ड’ १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।

सोही खोप पाएपछि नेपालमा गत बुधवारदेखि देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सुरु भइसकेको छ । यस्तो अवस्थामा चीनले पनि कोरोनाविरुद्धको खोप नेपाल पठाउने तयारी गरेको हो । भारतले नेपाललाई खोप दिनुअघि नेपालमा कोभिशिल्ड खोप लगाउन अनुमति दिइएको थियो । नेपालको खोप नियामक निकायले खोप लगाउन उपयुक्त छ कि छैन भन्‍ने यकिन गरिसकेपछि अनुमति दिने अथवा नदिने निर्क्योल गर्दछ । तर, चिनियाँ खोप भने नेपालमा दर्ता र अनुमति प्रक्रिया पुरा भइनसकेको बताइएको छ ।

सामान्यतया नेपालमा एक उत्पादकको सामग्री मात्रै ल्याउनका लागि अनुमति दिने गरिन्छ । औषधि व्यवस्थापन विभागले सिनोफार्म कोङकिङ मेडिकल डिभाइस कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धको खोप आयातका लागि कुनै एक कम्पनी अनमुति दिन्छ । तर, पी एन्ड जी होल्डिङ प्राइभेट लिमिटेड अथवा हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडमध्ये खोप आयातका लागि कुनै आधिकारिक कम्पनी हो भन्‍ने दुविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यद्पि दुईमध्ये कुनै पनि कम्पनीले नेपालको दर्ता प्रक्रिया अनुसार कागजात उपलब्ध गराएको छैन । परराष्ट्र मन्त्रालयले आवश्यक कागजातहरु उपलब्ध गराउन पत्राचार गरिसकेको छ । भारतले पठाउने खोपसँग तुलना गर्दा किनेर ल्याइने अवस्थामा चिनियाँ खोप निकै महँगो पर्न जाने बताइएको छ ।

पी एन्ड जी होल्डिङ्सले जारी गरेको एक पत्र अनुसार सिनोफार्मले उत्पादन गरेको सिनोभ्याक खोपको बजार मूल्य दुई डोजको १४८ डलर पर्न जाने भए पनि नेपालमा यसलाई प्रति डोज ६० डलरमा उपलब्ध गराउन सकिने जनाएको छ । अनुदानसहितको मूल्य लगाएर प्रति डोज ४५ डलरसम्म उपलब्ध गराउन सकिने पी एन्ड जी होल्डिङ्सले जनाएको छ ।

हाल मुलुकमा ४० मिलियन डोज खोप आयात गर्न सकिने कम्पनीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial