एजेन्सी - काशमिरलगायतका भारतको उत्तरी क्षेत्रमा शुक्रबार राति भूकम्पको धक्का महशुस गरिएको छ ।
शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा ताजकिस्तान केन्द्र बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पको धक्का भारतको काशमिर, पञ्जाव, दिल्लीलगायतका स्थानमा महशुस गरिएको थियो । नेशनल सेन्टर फर सिस्मोलजी (एनसीएस) का अनुसार भूकम्पको धक्का शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा (स्थानीय समय) मा केन्द्रित गरी अमृतसरमा रहेको थियो।
भूकम्पबाट भएको क्षतिबारे यो समाचार तयार पार्दासम्म केही पनि विवरणहरू प्राप्त नभएको बीबीसी हिन्दीले जनाएको छ । उत्तरी मैदानमा जम्मै कश्मीर, पंजाब, उत्तराखण्ड, हिमाचल प्रदेश, राजस्थान र भारतको राजधानी नयाँ दिल्लीमा कडा भूकम्पको अनुभव गरिएको थियो। कुनै पनि तात्कालिक जीवनको क्षति वा सम्पत्तिमा क्षतिको खबर आएको छैन।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :