आदर्श मा वि विराटनगरको ९२ औं वार्शिकोत्शव सम्पन्न


प्रकाशित: फाल्गुन ५, बुधबार, विराटनगर । 
सामुदायिक विद्यालय तर्फ विराटनगरको उत्क्रिस्ट विद्यालय हुन सफल आदर्श माध्यमिक विद्यालयको ९२ औ वार्षिकोत्सव विराटनगरका मेयर तथा आदर्श मा वि का व्यवस्थापन समितिका अध्यक्ष भिम पराजुली ज्युको  आतिथ्यतामा आज बुधबार सम्पन्न भएको छ । कार्यक्रमको संयोजकत्व विद्यालयका सह प्राध्यापक सन्तोष पोख्रेल ज्यु ले गर्नुभएको थियो । 

कार्यक्रममा, महानगर प्रमुख श्री भीम पराजुली ज्यु, विद्यालयका प्रधानाध्यापक श्री तुलसी प्रसाद दुलाल, शिक्षक अभिभावक संघका अध्यक्ष श्री बाबुकाजी थापा ज्यु , विद्यालय व्यवस्थापन समितिका पधाधिकारीहरु क्रमश: भगवती दाहाल, परशुराम घिमिरे, विनु पोखरेल उपासना श्रेष्ठ , रन्जना बुढाथोकी (थापा ), , जेम्स स्कुल विराटनगरका प्रधानाध्यापक निरज कोइराला, प्रभु ब्याङ्कका म्यानेजर पदम कटुवाल, आकाश दाहाल ,  पत्रकार अनुज सापकोटा , कौशल निरौला (महानगर प्रमुखका प्रेस संयोजक ), तथा अन्य पधादिकारी लगायत शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई देशकै नमुना र प्रविधिमुखी बिद्यालय बनाउने तथा प्राविधिक सीपयुक्त र चरित्रवान विद्यालय बनाउने काममा विद्यालय अनवरत लागिरहने बताउनुभयो ।  उहाँले आदर्श मा वि लाइ देशकै अब्बल विद्यालयको रुपमा टिकाइरहन भौतिक र शैक्षिक पक्षमा आगामी वर्षमा गर्ने कार्यक्रमहरु प्रस्तुत गर्दै ति कार्यक्रमहरु सफल बनाउन अभिभावक , समुदाय र सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

वार्षिकोत्सव समारोहमा विद्यालयमा दिर्घ सेवा गरेका शिक्षकहरु सुभेश चन्द्र दासले  भिभिन्न क्रियाकलापमा  उत्कृष्ट नतिजा दिलाउन सहयोग गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति तथा  प्रमाणपत्र वितरण गर्नुभयो । त्यस्तै त्यहाँ उपस्थित सम्पूर्ण विसिस्ठ व्यक्तिहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति रकम तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा विद्यालयका अग्रज शिक्षक श्री सुभेश चन्द्र दास ज्युलाई सम्मान प्रदान गरिएको थियो । उहाँले जेहेन्दार छात्र छात्राहरुले उच्च सिक्षा हाशिल गरुन भन्ने उद्धेश्यले रु.  एक लाख पच्चीस हजार (रु १,२५,०००/-) राशिको "त्रिपुरा रघुनन्दन छात्रवृत्ति कोष २०७६" को स्थापना गर्नुभएको थियो । उक्त छात्रवृत्ति कोष अन्तर्गत विद्यार्थीहरुलाई उहाँले छात्रवृत्ति रकम तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रम विद्यालयको सभाहलमा सम्पन्न गरिएको थियो । कोभिड महामारीका कारण कार्यक्रमलाई अन्य वर्षजस्तो भव्य रुप दिन नसकिएपनि औपचारिक रुपमा नै कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा विराटनगर महानगर प्रमुख श्री भिम पराजुली ज्युले पानसमा बत्ति बाली सुभारम्भ गरि छोटो मन्तव्यबाट अघि बढाउनुभयेको थियो । उहाँले, आदर्श मावि नेपालकै पुरानो र ठुलो इतिहास बोकेको विद्यालय भएको कुरा अवगत गराउदै यस विद्यालयले देशको राजनैतिक रुपान्तरणका लागि योगदान दिनुभएका व्यक्तिहरु समेत उत्पादन गरेको कुरा स्मरण गराउनुभएको थियो । साथै, विद्यालयले आगामी दिनमा समाउने लयका बारेमा र योजनाका बारेमा प्रस्ट पार्नुभएको थियो । 

त्यस्तै मेयर पराजुली, विद्यालयका प्राचार्य श्री तुलशी प्रसाद दुलाल ज्यु ले आदर्श माविका संस्थापक स्वर्गीय पिताजी श्री कृष्णप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको थियो । सम्पूर्ण अतिथिज्यु हरुले, विद्यालयको प्रयासको प्रसंशा गर्दै आगामी दिनहरुमा थप अघि बढोस भन्ने कामना गर्नुभएको थियो । 

तस्विर श्रोत (जी पी चुडाल )














.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial