काठमाडौं । स्थानीय बजारमा सोमबार पहेंलो धातुको मूल्य तोलामा रु २ सयले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४ सयमा कारोबार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६ सयमा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजाबी सुन पनि तोलामा रु २ सयले घटेको छ । रु ९० हजार १ सय ५० मा आइतबार कारोबार भएको तेजाबी सुन आज रु ८९ हजार ९ सय ५० मूल्य निर्धारण भएको छ ।
त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३ सय १० मा आइतबार कारोबार भएको चाँदी सोमबार तोलामा रु एक हजार ३ सय १५ मूल्य निर्धारण भएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :