जाडोमा मेथीको साग लाभदायिक



एजेन्सी ।
जाडो मौसममा पाइने साग मध्ये मेथीको साग एक हो । मेथीमा विभिन्न गुणहरुका कारण मेथीको साग लाभदायक मानिन्छ ।

फाइदाहरु:

१) मेथीको साग खादाँ वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ अनि वजन नियन्त्रणमा रहन्छ ।

२) यदि बारम्बार पिसाब आउने समस्या छ भने मेथीको पातको रसले निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट यस समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

३) धेरैजसोलाई पेटसम्वन्धि समस्या कब्जियत र ग्यास्ट्रिकले सताएको हुन्छ । यस्तो समस्याबाट बच्न मेथीको हरियो साग खाँदा पाचनतन्त्रले सुचारु रुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

४) घरका वृद्धवृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण जोर्नीको दुखाईबाट मुक्ति पाउनु हो ।

५) मेथीको पात कपालका लागि फाइदाजनक मानिन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल र्झन पनि रोकिन्छ ।

६) पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांश बच्चामा यो समस्या हुन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा पिलाउनुपर्छ ।

७) मेथीले रुघाखोकीबाट पनि बचाउँछ । मधुमेहका रोगीका लागि मेथीको सेवन अत्यधिक लाभदायक हुन्छ । प्रतिदिन मेथीको पातको र निकालेर पिउँदा सुगर नियन्त्रणमा आउँछ ।

८) मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा हुन्छ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial