आज साँझ मसाल जुलुस, भोलि आमहड्ताल गर्ने दाहाल- नेपाल समूहको घोषणा (विज्ञप्तिसहित)



काठमाडौँ
- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेको भन्दै दाहाल-नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आज पार्टी कार्यालय पेरिसडाँडाँमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिको आमहड्तालअघि आज साँझ मसाल जुलुस हुने जानकारी पनि दिए ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्तिलाई सभामुखलाई समेत आमन्त्रण नगरी बलमिच्याँई ढंगले सपथग्रहण गराउनु अवैधानिक भएको दाहाल-नेपाल समूहको ठहर छ ।

‘सरकार आफैले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेर संसदीय सुनुवाइ समिति सुचारू हुन नसक्ने स्थिति उत्पन्न भएको वर्तमान अवस्थाका कारणले सभामुखले सुनुवाइ हुन नसक्ने जानकारी गराउँदै संवैधानिक परिषदमा फाइल फिर्ता पठाएको तथ्य पनि सबैलाई ज्ञात नै छ । यति हुँदा हुँदै पनि आज शपथ ग्रहण गराउनु निरंकुशता, जोरजबर्जस्ती र निर्लज्जताको पराकाष्ठा हो । हाम्री पार्टी यसको घोर भर्त्सना गर्दै खारेजीको माग गर्दछ,’ संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहनेछन् भने तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसललगायतका अत्यावश्यक सेवा सञ्चालन हुने श्रेष्ठले बताए ।



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial