आयोगलाई अर्थमन्त्रीको सुझाव : बजेटको व्यवस्था हुन्छ, चुनावको तयारीमा जुट्नुस्



काठमाडौं
। निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाएको छ । दलहरुसँगको छलफल र आन्तरिक तथा आर्थिक व्यवस्थापनलाई आयोगले समानान्तर रुपमा अगाडि बढाएको छ ।

चुनावका लागि आर्थिक व्यवस्थापनका लागि आयोगले आज मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । छलफलका क्रममा पौडेलले चुनावका लागि आवश्यक बजेटको जिम्मा आफ्नो भएको भन्दै ढुक्कसँग तयारीमा लाग्न भनेका छन् ।

अर्थमन्त्री पौडेलले वैशाखमा हुने चुनावका लागि बजेटको अभाव नहुने भन्दै खर्च व्यवस्थापनका लागि मन्त्रालय तयार भइसकेको बताएका छन् । उनले आयोगले अब निश्पक्ष र सफल तरिकाले चुनाव गराउनका लागि आवश्यक तयारीमा लाग्न भनेका छन् ।

कोभिडका कारण देशको अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गर्दै चुनाव गराउने क्रममा खर्चमा आयोगले विशेष ध्यान दिएर मितव्ययी ढंगबाट निर्वाचन गराउन तयार रहन भन्दै मन्त्री पौडेलले आयोगलाई मन्त्रालयले पूर्ण सहयोग गर्ने बताए ।

यसअघि, आयोगले नेकपाको विवाद निरुपण गर्दै राजनीतिक दलहरुसँग पनि चुनावी छलफल जारी राख्ने तयारी गरिसकेको छ । आयोगले निर्वाचन तयारीको कार्यतालिका बनाएर काम गरिरहेको जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial