काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ४५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १९४ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ९६ हजार ७५० वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :