आज राति बख्तरबन्द गाडीसहित सडकमा निस्कँदैछ नेपाली सेना



काठमाडौं
- नेपाली सेनाको बख्तरबन्द गाडीहरु सडकमा निस्कने भएका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार माघ १९ गते आज राति बख्तरबन्द गाडीहरुले चक्रपथको चक्कर लगाउने भएको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार बख्तरबन्द गाडीहरुले काठमाडौंस्थित चक्रपथको चक्कर लगाउने योजना रहेको हो ।

त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

सेनाले जनमानसमा त्रास नहोस् भनेर पूर्वसूचना दिएको पनि जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial