प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै, दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने



कञ्चनपुर ।
लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन ।

प्रधानमन्त्री ओलीले आज बिहान साढे ११ बजे औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

पहिलोपटक बजेट विनियोजन भएको २५ वर्षपछि कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गर्ने भएका हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री ओली आज कञ्चनपुर आउने बताए।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलोपटक बजेट विनियोजन गरेको थियो।

९ महिने शासनकालको पहिलो निर्वाचित कम्युनिस्ट सरकारले बजेट विनियोजन गरेको थियो।

९ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको बताइएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial