काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६०० रूपैयाँले बढेर ९० हजार ६०० रूपैयाँ कायम भएको छ ।
तेजाबी सुनको मूल्य पनि आज ६०० रूपैयाँले बढेर तोलाको ९० हजार १५० कायम भएको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार १ हजार २९० रूपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँले बढेको छ । आज तोलामा १ हजार ३१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :