अनौठो चलनः संसदमा बजेट पेश गर्दा अर्थमन्त्रीले मदिरा पिउन पाउने, १५१ बर्ष पुरानो ब्रिफकेसको प्रयोग


एजेन्सी । अधिक मदिरापान स्वास्थ्यका लागि हानिकारक मानिन्छ । रक्सी पिउने बानीलाई सबैले राम्रो पनि ठान्दैनन् । झन सार्वजनिक स्थलमा मदिरापान गर्नुलाई त कतिपय मुलुकमा अपराध नै मानिन्छ । तर ब्रिटेनका अर्थमन्त्रीका लागि भने यो नियम लागु हुँदैन । चान्स्लर अर्थात ब्रिटेनका अर्थमन्त्रीले संसदमा बजेट पेश गर्दा मदिरा पिउन पाइने कानूनी ब्यवस्था छ । यो कानूनलाई अहिले आएर वाहियात मानिए पनि बर्षौंदेखि यथावत छ ।

ब्रिटेनको संसद हाउस अफ कमन्सको नियम पुस्तिकामा मदिरा पिउने विषयमा विशेष नियम उल्लेख छ । त्यहाँका चान्स्लरले संसदमा बजेट पेश गर्ने बेला यदी उनले चाहे भने मदिरा पिउन पाउने ब्यवस्था छ । अन्यलाई यस्तो सुविधा छैन । तर संसदको अन्य शत्रमा भने कसैलाई पनि रक्सी पिएर संसद भवनमा प्रवेश गर्न रोक लगाइएको द सनले जनाएको छ ।

बजेट पेश गर्ने विषयलाई लिएर ब्रिटेनमा अर्को पनि एउटा रमाइलो किस्सा छ । त्यहाँ बजेट पेश गर्नका लागि सय बर्ष पुरानो ब्रिफकेसको प्रयोग गरिएको इतिहास छ । त्यो ब्रिफकेसलाई सन १८६० मा तत्कालिन चान्स्लर विलियम ग्लेडस्टोनले बनाउन लगाएका थिए । त्यो ब्रिफकेशको नाम स्कारलेट राखिएको छ ।

यो ब्रिफकेसलाई चान्स्लर विलियमले प्रयोग गरेपछि लगातार १०० बर्षसम्म प्रयोग गरियो । संसदमा बजेट प्रस्तुत गर्दा पुरानो ब्रिफकेस प्रयोग गर्ने त्यो चलन सन १९६५ मा पुगेर राकियो । तत्कालिन चान्स्लर जेम्स केलेघनले नयाँ ब्रिफकेस बनाउन लगाएपछि त्यो चलन टुंगिएको हो ।

त्यसपछि सन १९९७ मा पनि तत्कालिन चान्स्लर गर्डन ब्राउनले नयाँ ब्रिफकेस बनाउन लगाएका थिए । सन २०१० मा पनि ब्रिटेनका तत्कालिन चान्स्लर जर्ज असबर्नले हाउस अफ कमन्समा बजेट पेश गर्नका लागि त्यही डेढसय साल भन्दा पुरानो ब्रिफकेसको प्रयोग गरेको द सनले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial